नागरिक लगानी कोष: बचत, अवकाश योजना र पुँजी बजारको विकास

नागरिक लगानी कोष: बचत, अवकाश योजना र पुँजी बजारको विकास

नागरिक लगानी कोष अर्थात् Citizen Investment Trust लाई धेरैजना CIT भनेर बुझ्ने गर्छन्। तर, धेरैलाई यो कस्तो संस्था हो, यसबाट सर्वसाधारणले के कस्ता काम गर्न सक्छन् र कसरी फाइदा लिन सकिन्छ भन्ने कुरा थाहा नपाएको देखिन्छ। अब आज यस बारेमा बुझौं।

देशको आर्थिक विकास गर्नका लागि तपाईं हामी जस्ता सर्वसाधारण जनतालाई साना-साना बचत गर्न प्रोत्साहन गर्दै, ती बचतहरूबाट पुँजी (capital) वृद्धि गर्दै, देशभित्र लगानीका अवसरहरू बढाउने देशको पुँजी बजार, जो पुँजी परिचालनको एउटा महत्त्वपूर्ण क्षेत्र हो, त्यसको विकासमा गति ल्याउने मुख्य उद्देश्य राखेर आजभन्दा करिब ३४ वर्षअघि २०४७ साल चैत गते नागरिक लगानी कोष (CIT) को स्थापना गरिएको थियो। नेपालमा गैर-वित्तीय संस्थाको रूपमा सञ्चालनमा रहेको नागरिक लगानी कोष (CIT) कस्तो संस्था हो, CIT  स्थापना हुनुको उद्देश्यहरू के के हुन्? यसले के-कस्ता सेवा प्रदान गर्दछ? साथै, CIT ले हाम्रो अवकाश योजना (retirement planning) लाई कसरी सहयोग पुर्याउँछ भन्ने बारेमा चर्चा गरौँ।

नागरिक लगानी कोष (CIT) स्थापनाको मुख्य उद्देश्यहरू निम्न प्रकारका छन्:

दीर्घकालीन बचतको प्रवर्द्धन: सर्वसाधारणलाई बचत गर्न प्रोत्साहित गर्दै भविष्यका लागि सुरक्षित कोष तयार गर्न सहयोग पुर्‍याउनु।

पुँजी निर्माण परिचालन: साना-साना बचतलाई एकत्रित गरी पुँजीको निर्माण गर्ने त्यसलाई देशको आर्थिक विकासका विभिन्न क्षेत्रहरूमा लगानी गर्ने।

पुँजी बजारको विकास: पुँजी बजारको विस्तार गर्दै त्यसलाई व्यवस्थित सुदृढ बनाउन सहयोग पुर्‍याउनु।

अवकाश योजना व्यवस्थापन: कर्मचारीहरूको अवकाश पछि आर्थिक सुरक्षा सुनिश्चित गर्न विभिन्न बचत तथा लगानी योजना सञ्चालन गर्ने।

वित्तीय साक्षरतामा वृद्धि: सर्वसाधारणलाई वित्तीय साधनहरूबारे सचेत गराउँदै दीर्घकालीन वित्तीय व्यवस्थापनमा सहयोग पुर्‍याउनु।

नेपालमा नागरिक लगानी कोष (CIT) एक गैर-बैंक वित्तीय संस्थाको रूपमा सञ्चालनमा रहेको , जसमा नेपाल सरकारको २३.३४%, राष्ट्रिय बीमा संस्थानको ३१.५५%, नेपाल स्टक एक्सचेञ्ज (NEPSE) को १०%, बैंक वित्तीय संस्थाहरूको १५.११%, सार्वजनिकको २०% लगानी रहेको छ। यस संरचनाले कोषलाई विविधता स्थिरता प्रदान गर्दछ, जसले नागरिकहरूको बचत लगानीलाई सुरक्षित संरक्षित बनाउँछनागरिक लगानी कोष (CIT) ले स्थापना भएदेखि विभिन्न आर्थिक सामाजिक उद्देश्य पुरा गर्नका लागि विभिन्न कार्यक्रमहरूको सञ्चालन गरेको । अब CIT ले के के काम गर्छ त भनेर बुझाऊँ है त?

1. बचत कार्यक्रम

CIT ले गर्ने काममध्ये एउटा मुख्य काम भनेको विभिन्न बचत योजना कार्यक्रमहरूको सञ्चालन गर्दै, सार्वजनिकलाई बचत गर्न प्रोत्साहन गर्दै, साना साना रकम सङ्कलन गर्नु हो। यस उद्देश्यका लागि, CIT ले अहिलेसम्म विभिन्न अवकाश कोष (Retirement Funds), ग्राच्युटी पेन्सन कोष (Gratuity and Pension Funds), बीमा कोष (Insurance Funds), नागरिक पेन्सन योजना (Citizen Pension Scheme) जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको । बचत कार्यक्रम अन्तर्गत CIT ले अहिलेसम्म कस्को लागि के कस्ता योजना सञ्चालन गरेको त?

कर्मचारी बचत वृद्धि स्वीकृत आवकाश कोष

"कर्मचारी बचत वृद्धि स्वीकृत आवकाश कोष" के हो भने, यो एक प्रकारको फण्ड हो जसमा नेपाल सरकारका निजामती कर्मचारीहरू, सरकारी शिक्षकहरू, विभिन्न सुरक्षा निकायहरू, अन्य सरकारी निकायमा काम गर्ने कर्मचारीहरू सहित निजी क्षेत्रका कर्मचारीहरू पनि भाग लिन सक्छन्। यस फण्डमा स्थायी, अस्थायी, अनुबन्ध कर्मचारीहरू ज्यानलदारी कर्मचारीहरू पनि सामेल हुन सक्छन्। यस फण्डको उद्देश्य कर्मचारीहरूको भविष्यको वित्तीय सुरक्षा बचत वृद्धि गर्नु हो, जसमा कर्मचारीहरूले आफ्ना नियमित बचतको आधारमा एक निश्चित फाइदा प्राप्त गर्न सक्छन्। यसका साथै, यो फण्ड बचत, रिटायरमेन्ट, पेन्सन, ग्राच्युटी जस्ता उद्देश्यका लागि काम गर्ने योजना हो।

उपाधान योजना

यो योजना विभिन्न सरकारी, अर्ध-सरकारी गैर-सरकारी संस्थामा काम गर्ने कर्मचारीहरूको लागि अवकाश अर्थात् रिटायरमेन्टको बेला योगदान रकम दिनको लागि सञ्चालन गरिएको हो। त्यस्तै, यस्ता संस्थामा काम गर्ने कर्मचारीहरूको औषधि उपचार खर्चको साथै बीमा कोष कर्मचारी कल्याण कोषको लागि लगानीकर्ता हिसाब योजना पनि सञ्चालनमा रहेको

नागरिक एकंका योजना

यसलाई नागरिक युनिट योजना भनेर पनि बुझिन्छ। यो योजना अन्तर्गत CIT ले सम्पूर्ण नेपाली नागरिकलाई म्युचुअल फण्ड जस्तो गरी यकाई अर्थात् युनिटहरू जारी गर्ने गर्छ। यस योजनाबाट साना मध्य स्तरका लगानीकर्ताहरूबाट साना साना रकमको रूपमा पूँजी संकलन हुने  छ। यसले नागरिकलाई लगानी गर्न प्रोत्साहित गर्दछ ठूलो मात्रामा पूँजी संकलन गर्ने अवसर प्रदान गर्दछयो योजनाको यकाई अर्थात् युनिटको बिक्री भनेको एउटा ओपन एन्डेड फण्ड जस्तो सदैव चलिरहने हुनेछ। CIT ले यो योजना अन्तर्गत २०८१ असार अन्त्यसम्ममा रु. अर्ब ५८ करोड रुपैयाँ संकलन गरेको

नागरिक पेन्सन योजना

यो योजना सबै नागरिकलाई CIT मा बचत गर्न सकुन् भनेर २०७७ असोजदेखि सुरु गरिएको थियो। यस पेन्सन योजनामा साना साना कम्पनी संस्थामा काम गर्ने श्रमिक तथा कर्मचारी, स्व-रोजगारमा रहेका नागरिकहरू, विदेशमा रोजगार गर्ने सबै जना सहभागी हुन सकिन्छ

यस खण्डमा हामी नागरिक लगानी कोष (CIT) को लगानी व्यवस्थापन प्रक्रिया र रणनीतिहरूको चर्चा गर्नेछौं। CIT ले बचतकर्ताबाट सङ्कलित फण्डलाई व्यवस्थित तरिकाले परिचालन गरी उनीहरूलाई आकर्षक प्रतिफल उपलब्ध गराउन विभिन्न क्षेत्रहरूमा लगानी गर्ने गर्दछ। यस प्रक्रियाबारे थप जानकारी निम्नानुसार प्रस्तुत गरिएको छ:

2. लगानी व्यवस्थापन:

CIT ले अघि बताइएको जस्तो विभिन्न योजनाहरूमा सङ्कलित फण्डलाई व्यवस्थित तरिकाले विभिन्न क्षेत्रहरूमा लगानी गर्ने गर्छ त्यसबाट बचतकर्तालाई प्रतिफल अर्थात् रिटर्न उत्पन्न गर्ने प्रयास गर्दछ। CIT ले जोखिमको आधारमा निम्न जोखिम, मध्य जोखिम उच्च जोखिमको वर्गीकरण गरेर विभिन्न क्षेत्रहरूमा उच्च रिटर्न उत्पन्न गर्नको लागि लगानी गर्ने गर्दछ। यसका लागि CIT को छुट्टै लगानी नीति पनि रहेको , सोही नीतिका आधारमा कषमा सङ्कलित रकमलाई लगानी गर्न काम गरिन्छ।

कषले निम्न जोखिमको लगानीको क्रममा सरकारी ऋणपत्र, बैंकमा फिक्स्ड डिपोजिट, कषमा सहाभागी भएका बचतकर्ताहरूलाई विशेष सापटीको रूपमा ऋण प्रवाह गर्ने काम गर्छ। त्यस्तै, मध्य जोखिमको लगानीमा शेयर डेबेन्चरमा लगानी गरिन्छ भने उच्च जोखिमको लगानीमा ठूलो ठूला परियोजनाहरूमा कन्सोर्टियम परियोजना वित्तपोषणको लागि पनि लगानी गर्ने गर्छ।

CIT ले नेपाल सरकारका प्राथमिकतामा रहेका ठूला परियोजनाहरूमा पनि लगानी गर्दै आएको , उदाहरणको लागि CIT ले Upper Tamakoshi Hydropower परियोजनामा दीर्घकालीन ऋण उपलब्ध गराएको थियो। यसरी CIT ले सार्वजनिकका साना साना बचतहरूलाई ठूलो पूँजीमा रूपान्तरण गर्दै विभिन्न क्षेत्रहरूमा लगानी गर्दै आएको छ। 

3.  पुँजी बजार सेवा (Capital Market Services):

CIT ले काम गर्ने अर्को महत्वपूर्ण क्षेत्र क्यापिटल मार्के (पुँजी बजार) पनि हो। हामीले सुरुमा नै भनेका थियौँ कि CIT को मुख्य उद्देश्यहरू मध्ये एक क्यापिटल मर्केटमा गतिशीलता ल्याउनु पनि हो। तपाईंहरू धेरै जनाले CIT ले क्यापिटल मर्केटमा के काम गर्दै आएको भनेर थाहा नपाउन सक्नुहुन्छ। अब आज यो पक्ष पनि अन्वेषण गरौं

CIT को नेपालको क्यापिटल मर्केटको विकास स्थिरतामा राम्रो सहभागिता देखिन्छ। CIT ले अहिले मर्चेन्ट बैंकिङको रूपमा शेयर इश्यु म्यानेजर, शेयर रजिष्टर, शेयर अन्डरराइटिङको काम गर्दै आएको छ। शेयर अन्डरराइटिङ भनेको के हो भने, यदि कुनै कम्पनीले आईपीओ इश्यु गर्दा पब्लिकबाट पूर्ण रूपमा सब्सक्राइब नभएमा, कम्पनी आफैले ती शेयरहरू खरिद गर्ने सहमति गर्ने प्रक्रिया हो जुन आईपीओ इश्यु हुनु भन्दा पहिले कम्पनीले गर्नु पर्छ, यो काम पनि CIT ले गर्ने गरेको छ।

त्यस्तै, CIT एक SEBON बाट अनुमोदित संस्थागत लगानीकर्ता (Institutional Investor) पनि हो, जसले संस्थागत रूपमा नेपालको स्टक मर्केटमा नियमित लगानी गर्ने काम गर्छ।

CIT ले क्यापिटल मर्केटको विकासको लागि आफैंले वा अन्य कुनै वित्तीय संस्थासँग मिलेर कम्पनी स्थापना पनि गर्न सक्छ। यस्तै गरी CIT ले स्टक डिलरको रूपमा नागरिक स्टक डिलको २०७६ मा स्थापना गरेर सञ्चालनमा ल्याएको छ। नागरिक स्टक डिलरमा CIT सहित नेपाल रिइन्सुरेन्स कम्पनी (NRIC) नेपाल दूरसञ्चार कम्पनी (NTC) को लगानी रहेको छ। नागरिक स्टक डिलरले बजार निर्माणकर्ता/मार्केट मेकरको रूपमा बजारमा स्थिरता कायम राख्नका लागि शेयरहरूको किनबेच गर्ने काम गर्छ।

त्यस्तै CIT ले समूहिक लगानी कोष अर्थात् म्युचुअल फण्ड पनि सञ्चालन गर्न सक्छ। यसैसँगै CIT ले क्यापिटल मार्केट सँग सम्बन्धित परामर्श दिने, तालिम सञ्चालन गर्ने, लगानीकर्ताबाट दियो पत्रको जिम्मा लिई खरिद विक्री गर्ने, सेटलमेन्ट गर्ने कस्टोडियनको काम पनि गर्न सक्छ। यसरी CIT ले क्यापिटल मार्केट गर्ने काम फराकिलो रहेको , जति जति हाम्रो बजार विकसित हुँदै जान्छ, त्यति नै CIT जस्ता ठूलो थुलो फण्डहरूको व्यवस्थापन गर्ने संस्थाको भूमिका पनि बढ्दै जान्छ।

तेसै गरी CIT ले विभिन्न अवकाश कोष सामाजिक सुरक्षा का कार्यक्रम सञ्चालन गर्ने गर्छ। तेहि अनुसार CIT ले सरकारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरूको साथै सामान्य सार्वजनिकलाई लक्षित गरेर विभिन्न रिटायरमेन्ट सामाजिक सुरक्षा को योजनाहरू सञ्चालन गरेको जुन हामीले सुरुमा बचत कार्यक्रमको बारेमा पनि कुरा गरेका थियौं। यसका साथै CIT ले निजामती बीमा कोष, शिक्षक बीमा कोष, नेपाल प्रहरी बीमा कोष, नेपाली सेना बीमा कोष गरी सरकारी कर्मचारी अन्य विभिन्न संस्थामा काम गर्ने कर्मचारीहरूको लागि बीमा कोष पनि सञ्चालन गर्दै आएको छ। यस्ता योजनाहरूबाट योगदानकर्तालाई विभिन्न प्रकारका सामाजिक सुरक्षा लाभ पनि उपलब्ध हुने छन्

अन्ततः

अन्ततः,  नागरिक लगानी कोष (CIT) को निरन्तर वृद्धि र विस्तारले नेपालको वित्तीय क्षेत्रलाई थप सुदृढ र सक्षम बनाउनेछ। यसको उद्देश्य केवल आम नागरिकको बचत र लगानीको व्यवस्थापन मात्र होइन, समग्र आर्थिक वृद्धिमा योगदान पुर्‍याउनु पनि हो। CIT ले जोखिमको व्यवस्थापन गर्दै विभिन्न क्षेत्रहरूमा लगानी गर्ने प्रक्रिया अपनाउँछ, जसले दीर्घकालीन रूपमा आर्थिक समृद्धि ल्याउन मद्दत पुर्‍याउँछ। साथै, यसका योजनाहरूले नागरिकलाई वित्तीय सुरक्षा र भविष्यका लागि उपयुक्त प्रतिफल प्रदान गर्दै समावेशी आर्थिक विकासलाई बढावा दिनेछ। यसले नेपालको आर्थिक संरचनामा सकारात्मक परिवर्तन ल्याउँदै, सबै वर्गका नागरिकलाई समृद्धिको दिशामा अघि बढ्न प्रोत्साहित गर्ने छ। यस प्रकार, CIT नेपालको दीगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ र वित्तीय समावेशीकरणका लक्ष्यहरू हासिल गर्न मद्दत पुर्‍याउनेछ।